माघ १०, काठमाडौं । धनुषाबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार जनकपुर–१९ बाट धनुषा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ का १९ वर्षीय विवेक यादव छन्।

उनका अनुसार शिवपुरबाट आपराधिक समूहका मानिसहरू जनकपुर आइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले आकस्मिक चेकजाँच गर्दा पेस्तोलसहित यादव पक्राउ गरेको हो । यादव शंकास्पद रुपमा पैदल हिँडिरहेका थिए। यादवले पाइन्टको बेल्टले च्यापेर कम्रको दुबै भागमा पेस्तोल ल्याइरहेका थिए। उनलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएके छ ।