• २०८३ बैशाख २३ गते बुधवार

अब शान्त र उत्तरदायी भएर नयाँ नेपालको बारेमा सोचौं : सुशान्त केसी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २७, काठमाडौं । गायक सुशान्त केसीले टिकटकमा पोस्ट गर्दै हिंसा बन्द गरी नयाँ नेपालको बारेमा सोच्नुपर्ने बताएका छन्। उनले भने, ‘अहिलेको लागि हामी शान्त र उत्तरदायी भएर सोच्न पर्छ । अब यो हिंसा बन्द गरौं ।’

केसीले जेन्जीले २८ घण्टामै देशको सिस्टम पल्टाएको उल्लेख गर्दै न्यायको माग गरेका छन्।

गायक सुशान्त केसीले अब नयाँ नेपालको बारेमा सोच्नुपर्ने बताएका छन् । हिंसा बन्द गरेर उत्तरदायित्वसहित राम्रो कार्य गर्नेतर्फ अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

टिकटकमा पोस्ट गर्दै उनले प्रशंसकलाई भनेका छन्, ‘अहिलेको लागि हामी शान्त र उत्तरदायी भएर सोच्न पर्छ । अब यो हिंसा बन्द गरौं ।’

उनी अघि लेख्छन्, ‘यत्रो वर्षदेखि केही परिवर्तन ल्याउन नसकेको देशमा जेन्जीले २८ घण्टामै देशको सिस्टम पल्टाएको छ । यो हाम्रो जित भैसक्यो र हामी गुमाएका साथीभाई, दिदीबहिनीहरूले नि अब अवश्य न्याय पाउनेछन् ।’

‘तर, अहिलेको लागि अब हामी शान्त र उत्तरदायी भएर सोच्न पर्छ । नयाँ नेपालको बारेमा सोच्न पर्छ । अब यो हिंसा बन्द गरौं । हाम्रो देश हो । हाम्रै सम्पत्ति हो । अब राम्रो गर्नतिर लागौं । जय नेपाल’ उनी लेख्छन् ।

प्रायः सामाजिक र राजनीतिक मुद्दामा टिप्पणी नगर्ने गायक केसीले टिकटकमा भिडियो पोस्ट गर्दै सामाजिक सञ्जाल बन्द गर्ने तत्कालिन सरकारको निर्णयपछिको परिस्थितीबारे धारणा राखेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस