• २०८३ बैशाख २१ गते सोमवार

प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिनुभएको हो ।

“साफ यु–२० उमन्स कपमा आज नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई !” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

शुक्रबारदेखि बङ्गलादेशमा साफ यु–२० महिला कप प्रतियोगिता सुरू भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस