• २०८३ जेष्ठ २ गते शनिवार
  • khabar24nepal2075@gmail.com
  • हाम्रो टिम
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    कोसी प्रदेशमधेस प्रदेशबाग्मती प्रदेशगण्डकी प्रदेशसुदुरपश्चिम प्रदेशकर्णाली प्रदेश
  • मनोरन्जन
  • अर्थ
  • विचार /ब्लग
  • अन्तवार्ता
  • खेलकुद
  • थप
    शिक्षापत्रपत्रिकाराशिफलस्वास्थ्यकृषिसूचना प्रविधीअन्तराष्ट्रियप्रवासफोटोफिचरभिडियो
भर्खरै चर्चित
सर्लाहीमा दुई जना मजदुरको मृत्यु प्रकरण : ठेकेदार पक्राउ
सिभिल अस्पतालले आजदेखि भर्ना भएका बिरामीलाई निःशुल्क खाना दिने
कति छ स्थानीय तहको बेरुजु ?
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
जापानको मियागी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
TRENDING
काेराेना कोरोना भाइरस राेल्पा रोल्पा नेपाल प्रहरी नेपालगञ्ज कोरोना राेल्पा रुन्टीगढी संसद विघटन khabar24nepal

साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधारः परराष्ट्रमन्त्री

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट
जेठ २९, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताउनुभएको छ । नेपाल–भारत रणनीतिक संवादसम्बन्धी आज काठमाडौँमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपाल–भारत बीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीब्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत् समृद्धिमा रूपान्तरण गर्ने समय आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “म एउटा यस्तो भविष्यको प्रतिक्षामा छु कि जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बईको बजारमा पुग्छ र एक भारतीय पर्यटक दिल्लीमा बिहानको बैठक सकेर साँझको उडानमा पोखरा पुग्छ । यो त्यस्तो निकटता होस् कि दुई देशका नागरिकको आर्थिक समृद्धिको आधार बनोस् ।” नेपाल–भारत सम्बन्ध सभ्यताको सुरुवातमा राखिएका जगहरूमा निर्मित रहेका प्रसंग उल्लेख गर्दै मन्त्री डा राणाले हाम्रा नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले उनीहरुबीचको जनसम्पर्क, सहकार्य र कनेक्टिभिटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्नेछ भन्नुभयो । नेपाल र भारतले सडक, रेलवे, जलमार्ग, हवाईमार्ग, डिजिटल पूर्वाधार लगायतमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “हाम्रा दुई देशबीचको निर्वाध सम्पर्क सञ्जालले क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृंखलाहरूमा मात्र सहयोग गर्दैनन्, पारवहन व्यापार र सीमा अर्थतन्त्रलाई पनि स्तरोन्नति गर्न सक्नेछन् । यसबाट दुवै देशका नागरिक लाभान्वित हुन सक्नेछन् ।” मन्त्री डा राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समयमा ऊर्जा क्षेत्र दुई देशबीचको सहयोगको प्रमुख उदाहरणका रूपमा रहेको बताउँदै मन्त्री डा राणाले नेपालको विशाल जलविद्युत सम्भावनाले स्वच्छ, नवीकरणीय ऊर्जा स्रोत प्रदान गर्ने र यो आउने पुस्ताका लागि उपयोगी हुने बताउनुभयो । आगामी दशकमा नेपालबाट १० हजार मेगावाट विद्युत आयात गर्ने भारतको प्रतिबद्धताले नेपाल–भारत ऊर्जा सहयोगको प्रतितिधित्व गरेको बताउँदै नेपाल र भारतले पारस्परिक रूपमा प्रसारण अन्तरसम्बन्ध, ग्रिड कनेक्टिभिटी र विद्युत् आदानप्रदान, सीमापार बिजुली व्यापार विकास गर्ने सहित विद्युत क्षेत्रमा सहयोगलाई थप मजबुत बनाएका प्रसंग पनि उहाँले उल्लेख गर्नुभयो । मन्त्री डा राणाले भारतमा ठूलो मात्रामा डिजिटल सीप र नवप्रवर्तन रहेका र नेपालमा बढ्दो युवा र प्रविधि–प्रेमी जनसंख्या रहेको प्रसंग उल्लेख गर्दै भन्नुभयो “हामीले पारस्परिक सहकार्यमा टेक हबहरू, स्टार्ट–अपहरू र डिजिटल नवप्रवर्तन प्लेटफर्महरूलाई प्रवर्धन गर्नुपर्छ र हाम्रा युवाहरूलाई सँगै काम गर्न, प्रविधिको प्रयोग गर्दै समृद्धिको बाटोमा अघि बढ्न दिनुपर्छ ।” आज विश्व द्रुत प्राविधिक परिवर्तन, परिवर्तनशील भूराजनीतिक गतिशीलतामा रहेको तथा विश्वव्यापी जलवायु परिवर्तनले निम्त्याउने जोखिमहरू बढ्दै गएको अवस्थामा दुई देशबीच साझा चुनौतीसँग जुध्न संयुक्त सहकार्य आवश्यक रहेको बताउँदै नेपालमा हालै सम्पन्न सगरमाथा संवादको पहिलो संस्करणमा भारत सरकारको सहयोग र समर्थनका लागि आभार पनि व्यक्त गर्नुभयो ।
नेपालले आफ्ना छिमेकी र मित्रहरूसँगको साझेदारीमा नयाँ युगमा शान्ति, स्थिरता र समृद्धिको भविष्यको अपेक्षा गरेको बताउँदै मन्त्री डा राणाले यस प्रकारका प्लेटफर्महरुले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाई विचारहरुको आदानप्रदानलाई प्रवर्धन गर्ने र जनता जनता बीचको सम्पर्कलाई थप मजबुद बनाउन सहयोग पुर्याउने धारणा राख्नुभयो ।
Post Views: 40

Sharing

  • Facebook
  • Twitter
  • LinkedIn
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
सर्लाहीमा दुई जना मजदुरको मृत्यु प्रकरण : ठेकेदार पक्राउ
सिभिल अस्पतालले आजदेखि भर्ना भएका बिरामीलाई निःशुल्क खाना दिने
कति छ स्थानीय तहको बेरुजु ?
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
जापानको मियागी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश
धेरै पढिएको
१
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
२
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
३
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
४
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
५
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
६
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
छुटाउनुभयो कि ?
ओखलढुंगाका डाक्टर वसन्त कार्की मृत अवस्थामा फेला
नौ रुपैयाँले बढ्यो दूधको मूल्य
मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन

ट्वान्टीफोर नेपाल मिडिया प्रा. लि

  • ठेगाना : काठमाडौं महानगरपालिका, काठमाडौँ
  • फोन : +977-9851232670
  • ई-मेल : khabar24nepal2075@gmail.com

सूचना विभाग दर्ता नं :2341/077/078.

  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ विकास
  • अन्तर्राष्ट्रिय
  • विचार
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद
  • पत्रपत्रिका
  • अध्यक्ष: सन्तोष अर्याल
  • सह सम्पादक: बिमलराज डाँगी
  • कार्यकारी सम्पादक: दिपा अधिकारी
  • हाम्रो टिम
  • हाम्रो बारे
  • विज्ञापन बारे
© khabar24nepal.com सर्वाधिकार सुरक्षित
Powered By : TopLine Technology