• २०८३ बैशाख ५ गते शनिवार

प्रेस चौतारी नेपाल सार्वजनिक सेवा प्रसारण प्रतिष्ठान शाखाको अध्यक्षमा बेञ्जु सुवेदी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौँ । प्रेस चौतारी नेपाल सार्वजनिक सेवा प्रसारण नेपाल प्रतिष्ठान शाखाको अध्यक्षमा बेन्जु सुवेदी चयन हुनुभएको छ । प्रेस चौतारी नेपाल सार्वजनिक सेवा प्रसारण नेपाल प्रतिष्ठान शाखाको मंगलबार भएको प्रथम अधिवेशनले सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालकी बेन्जु सुवेदीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा अनन्त चालिसे, दुर्गा अधिकारी, सचिवमा सुशील अधिकारी, सहसचिवमा कौशल घिमिरे, कुशल अर्याल र कोषाध्यक्षमा बसन्ता भुसाल चयन हुनुभएको छ । सदस्यहरूमा तारा खतिवडा, सम्झना पौडेल, अनिल हुमागाईँ, सुमन कुमार श्रेष्ठ, ज्योति काफ्ले र सितु मानन्धर चयन हुनुभएको हो ।

यस्तै चौतारीको केन्द्रिय प्रतिनिधि सदस्यहरूमा रामबाबु अधिकारी, दिपक समिर, नरेन्द्र विष्ट चयन हुनुभएको छ भने प्रतिष्ठान प्रदेश प्रतिनिधिमा अर्जुन सापकोटा, मन्जिल घिमिरे, परमानन्द राय र महेश निरौला चयन हुनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस