• २०८३ जेष्ठ २२ गते शुक्रवार

टोकियोमा हुने समर डेफलिम्पिक्समा लक्की र सुष्माले भाग लिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २५ , काठमाडौं । जापानको टोकियोमा हुने समर डेफलिम्पिक्समा नेपाली जुडो खेलाडीले भाग लिने भएका छन् । नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६० केजीमा लक्की चौधरी तथा महिला ५२ केजीमा सुष्मा तामाङले भाग लिने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले समर डेफलिम्पिक्समा सहभागी हुने नेपाली जुडो टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् । टोली प्रमुख धर्मकुमार श्रेष्ठ, व्यवस्थापक रोजिना श्रेष्ठ र प्रशिक्षक सन्जित डंगोल रहेका छन् ।

बिदाइका अवसरमा राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी र खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस