• २०८३ असार ३ गते बुधवार

नुवाकोटमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं । नुवाकोटको ताँदी गाउँपालिका–४ घिरौलेभिरमा आज स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटकै दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटार बस्ने ३५ वर्षीया राधिका अचार्य रहेकी छन् ।

समुन्द्रटारबाट खरानीटारतर्फ आउँदै गरेको बा ९७ प ६९२५ नम्बरको स्कुटर आज बिहान ११ बजे अनियन्त्रित भइ सडकबाट एक सय मिटर तल तादीखोलामा खसेको इलाका प्रहरी कार्यालय खरानिटारले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस