• २०८३ मङ्सिर १२ गते शुक्रवार

बानेश्वरमा ‘संविधानको रक्षा गर’ भन्दै नेविसंघको विरोध प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले संविधान र राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाउँदै बानेश्वरमा विरोध प्रदर्शन गरेको छ। ‘संविधानको रक्षा गर’, ‘विदेशी हस्तक्षेप बन्द गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’ जस्ता नारासहित प्लेकार्ड बोकेका प्रदर्शनकारीहरू बानेश्वरको सडकमा उत्रिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको चर्को दबाबपछि मंगलबार राजीनामा दिएका थिए। त्यसअघि सोमबार र मंगलबार देशभर जेनजी नेतृत्वको विरोध प्रदर्शन जारी थियो। सोही क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति निवासमा आगजनीका घटनाहरू भएका थिए।

राजनीतिक दलका नेताहरूको निवासमा तोडफोड, आगजनी र लुटपाटका घटनाहरू बढ्दै गएपछि सरकारले मंगलबार राति १० बजेदेखि सुरक्षा व्यवस्थाका लागि नेपाली सेनालाई परिचालन गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस