• २०८३ बैशाख ८ गते मङ्गलवार

बंगलादेशी राष्ट्रिय फुटबल टिम ढाका फर्किदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । नेपालविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न काठमाडौं आएको बंगलादेशी राष्ट्रिय फुटबल टिम ढाका फर्किदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बंगलादेशी टिम स्वदेश फर्किन अहिले विमानस्थल पुगिसकेको छ । खेलाडी र काठमाडौंमा रहेका बंगलादेशी पत्रकारलाई लिन बंगलादेशी सेनाको विशेष विमान काठमाडौं आएको हो । नेपाल र बंगलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा टुंगेको थियो भने दोस्रो खेल जेनजी आन्दोलनका कारण रद्द गरिएको थियो ।

आन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि खेलाडी काठमाडौँमै रोकिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस