• २०८३ जेष्ठ २३ गते शनिवार

कारागारबाट भागेका चार कैदी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, बागलुङ । जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।

कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनिहरुलाई मालढुङ्गा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट भागेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस