• २०८३ बैशाख ९ गते बुधवार

एशिया कपमा भारतको विजयी शुरुवात

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । भारतले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

युएईले दिएको केबल ५८ रनको लक्ष्य पछाएको भारतले ४.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा अभिषेक शर्माले ३० र शुभमन गिलले २० रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको युएईले १३.१ ओभरमा अल आउट हुदै ५७ रन मात्र बनाएको थियो । युएईका लागि आलिशान शराफुले सर्बाधिक २२ र कप्तान मुहमद वासीमले १९ रन बनाएका थिए । त्यस्तै युएईको ब्याटिंग लाइन ध्वस्त गर्न कुलदीप यादवले सर्बाधिक ४ विकेट र शिभम दुबेले ३ विकेट लिएका थिए ।

अब एशिया कप अन्तर्गत बंगलादेश र हङकङबीच खेल हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस