• २०८३ मङ्सिर १३ गते शनिवार

रेडक्रसकर्मी पौडेलको ‘रेडक्रसका चम्किला तारा’ लोकार्पण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौं । रेडक्रसकर्मी पुष्पराज पौडेलद्वारा लिखित ‘रेडक्रसका चम्किला तारा’ कृतिको लोकार्पण गरिएको छ ।

२८८ पृष्ठको सो कृतिमा नेपाल रेडक्रस सोसाइटीमा योगदान दिएका स्वदेशी तथा विदेशी ५३ जना अग्रजहरूको जीवनी समेटिएको छ । लोकार्पण समारोहमा कृतिकार पुष्पराज पौडेलले आफूले नेपाल रेडक्रसमा रहेर लामो समय सेवा गर्ने अवसर पाएको र केही समयदेखि यस प्रकारको कृति लेख्ने आफूमा हुटहुटी बढेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलगायतले उक्त कृतिको लोकार्पण गर्नुभयो । कृतिमाथि वरिष्ठ साहित्यकार एवं समीक्षक हरिहर अधिकारी तथा दिव्यराज पौडेलले समीक्षा गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस