• २०८३ असार १३ गते शनिवार

रौतहटमा बाढीमा परेका दुई बालकमध्ये एकको सकुशल उद्धार, अर्काको खोजी जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, रौतहट। रौतहट जिल्लाको पूर्विभेग माधव नारायण नगरपालिका–८ मा दुई बालक बागमती नदीमा तैरिन जाँदा बाढीले बगाएको घटनामा एक बालकलाई सकुशल उद्धार गरिएको छ भने अर्का बालक अझै बेपत्ता रहेका छन् । जिल्ला प्रशासन कार्यालय, रौतहटले बिहीवार एक सूचना जारी गर्दै अहिले सामाजिक सञ्जालमा भाइरल बनेको नदीको चारैतिरबाट पानीले घेरिएको बालकको उद्धार गरिएको छ भने त्यस अघिनै बेपत्ता भएको अर्का बालकको खोजीकार्य भइरहेको जानकारी दिएको छ।

हिजो बुधवार दिउँसो १२ बजे स्थानिय शिवजी कुमार पासवान र सुधीर कुमार पासवान बागमती नदीमा पस्दा बाढीको वहाव तीव्र भएकाले उनीहरू नदीमै फसेका थिए।

शिवजीकुमार पासवानलाई स्थानीय र सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरिएको छ भने करिब ११ वर्षीय सुधीर कुमार पासवानलाई पानीले बगाउँदा उनको खोजी कार्य अझै जारी रहेको सिडियो विनोद कुमार खडकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस घटनासँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि केही प्रयोगकर्ताहरूले उद्धार नगरी जानाजान बालकलाई बगाएको आरोपसहितको टिप्पणी गरेका छन । तर, जिल्ला प्रशासनले उक्त दाबीलाई खारेज गर्दै भिडियोमा देखिएका व्यक्तिले उद्धार प्रयास नगरेको भन्ने विषयमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।

सिडियो खडकाले घटनाको गम्भीरतापूर्वक अध्ययन भइरहेको र वेपत्ता बालकको खोजीमा सम्बन्धित निकायलाई परिचालन गरिएको विज्ञप्तीमार्फत जानकारी गराएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस