• २०८३ असार १५ गते सोमवार

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, ठाकुर समूहलाई पनि बोलाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, काठमाडौं । जनता समाजवादी पार्टी जसपाको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय बालकुमारीमा बस्ने कार्यकारिणी सदस्य प्रदिप यादवले जानकारी दिए।

निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादव समूहको बैठक बस्न लागेको हो। बैठकमा महन्थ ठाकुर समूहलाई पनि बोलाइएको नेता यादवले बताए। बैठकमा सहभागी हुने/ नहुने विषयमा ठाकुर पक्ष आन्तरिक छलफलमा छ। ठाकुर पक्षसँग पार्टीमा मिलेर अघि बढ्ने वा अर्को दल दर्ता गर्ने भन्ने दुई वटा विकल्प रहेकोले यसै बिषयमा छलफल गर्दैछ।

आधिकारिकता प्राप्त गरेपछि यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई गल्ती स्वीकारेर वा आत्म आलोचना गरेर आए पार्टीमा ठाउँ रहेको बताएको छ।आधिकारीक पक्षले बोलाएको आजको केन्द्रीय कार्यकारिणी बैठकमा भने संसदीय दलको विधान मस्यौदालाई अनुमोदन गर्ने तयारी रहेको नेता यादवले बताए। यस्तै सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा तत्काल  सहभागीमा हुने÷  नहुने विषयमा पनि छलफल हुने यादवको भनाइ छ।

Sharing

प्रतिक्रिया दिनुहोस