• २०८३ बैशाख ११ गते शुक्रवार

आइपिएल : चेन्नई सुपर किंग्सले कोलकाता नाइड राडर्सलाई जितको लागि दियो १ सय ४ रनको सहज चुनौती

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २९, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा अत्यन्त कमजोर ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले कोलकाता नाइड राडर्सलाई जितको लागि १ सय ४ रनको सहज चुनौती दिएको छ।

एम.ए. चिदम्बरम स्टेडियममा कोलकाताले टस जितेर फिल्डिङ रोज्यो। फिल्डिङ रोज्ने कप्तान अजिन्के राहनेको निर्णयलाई बलरहरूले सही तुल्याइदिए।

चेन्नई २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय ३ रन बनायो। चेन्नईले आइपिएलमा बनाएको यो अहिलेसम्मकै तेस्रो कम योगफल हो। यसअघि मुमबईसँग ७९ र ९७ रन बनाएको थियो।‌

डेभोन कोनवे १२ रनमा राचिन रबिन्द्र ४ रनमा आउट भए। १६ रन मात्र बनाउँदा दुई ओपनर चेन्नईले गुमाइसकेको थियो। पहिलो पावर प्लेमा २ विकेटको क्षतिमा ३१ रन बनाउँदै चेन्नईले फितलो सुरूवात गर्यो।

कोलकाताका बलर सामु निरिह बनेको चेन्नईका कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। विजय शंकरले सबैभन्दा बढी २९ रन बनाए। शिवम दुबे र राहुल त्रिपाठीले १६ रन जोडे।

मात्र चार खेलाडीले दोहोरो रन छोए। रविचन्द्र आश्विन, कप्तान महेन्द्र सिंह धोनी र नुर अहमद १/१ रनमा तथा रबिन्द्र जडेजा र दीपक होडा रनको खाता नखोली आउट भए।

सुनिल नराइनले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिंदै किफायती बलिङ गरे। हर्षित राना र र वरूण चक्रवर्तीले २/२ विकेट लिए।

कोलकाता ४ अंक सहित छैटौं स्थानमा रहेको छ। चेन्नई मात्र २ अंकका साथ लिगको नवौं स्थानमा रहेको छ।

यी दुई टिमबीच अहिलेसम्म २९ खेल भएका छन्। जसमा चेन्नईले १९ खेल जितेको छ भने कोलकाताले १० खेलमा जित निकालेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस