• २०८३ बैशाख २४ गते बिहिवार

एनएसएल : धनगढीले काठमाडौं रेजर्सलाई ३-१ पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २९, काठमाडौं । अहमद हिजाजीले ह्याट्रिकमा धनगढी एफसी दोस्रो जित दर्ज गर्दै एनसेल एनएसएलको शीर्षस्थानमा उक्लन सफल भएको छ। सानदार कमब्याकमा धनगढीले काठमाडौं रेजर्सलाई ३-१ विजयी भयो । अपराजित धनगढीले ललितपुरले जतिकै ८ अंक जोडे पनि हेड-टु-हेडको आधारमा शीर्षस्थानमा रहन सफल भएको हो।

एक गोलले पछि परेको धनगढीको कमब्याकमा हिजाजी नायक बन्दै धनगढीलाई जित दिलाए। कमजोर प्रदर्शन गरेको काठमाडौंको प्ले अफ यात्रा भने कठिन बनेको छ। दशरथ रङ्गशालामा भएको खेलको २२ औं मिनेटमा नै काठमाडौंले अग्रता कायम गर्यो। मोहम्मद बुया टोरेको पासमा अमाडाउमा डियोपले बक्स भित्रबाट उत्कृष्ट गोल गरे। काठमाडौले १(० को अग्रता बनायो। ३५ औं मिनेटमा धनगढीले बराबरी गोल फर्कायो। मोहम्मद एल जेले डिफेन्डरलाई छल्लाउँदै दिएको बलमस अहमद हिजाजीले बकमसभित्रबाट गोल गरे। खेल १(१ को बराबरीमा पुग्यो।

४१ औं मिनेटमा धनगढीको लागि कृतिस रत्न छुन्जुले अगाडी बढाएको बल काठमाडौंका डिफेन्डरले ब्लक गरे। सो बल हिजाजीको खुट्टमा पुग्यो। जसलाई सही दीशा दिंदै हिजाजीले टिमलाई २-१ को अग्रता दिलाए।

यसपछि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हिजाजीले ह्याट्रिक पुरा गरे। सर्जियो बारबोजाको पासमा हिजाजीले ६ यार्ड बक्सबाट गोल गरे। उनी जारी एनएसएलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। पहिलो हाफमा धनगढीले ३(१ ले अग्रता बनायो। काठमाडौंले ५३ औं‌‌ मिनेटमा गोल फर्काउने मौका खेर फाल्यो। फ्री(किकमा भिन्सेन्ट कोजिएलोको प्रहार थोरैले क्रसबार माथीबाट बाहिरियो। खेलको ५७ औं मिनेटमा हिजाजीको पावरफुल प्रहारलाई काठमाडौंका गोल रक्षक अभिषेक बरालले पन्च गर्दै बचाए। ७८ औं मिनेटमा काठमाडौंका जिलेश्पी जङ्ग कार्कीको हेडर पासमा अलाइजोन अलिजोनोभको फितलो प्रहारलाई गोल रक्षक वालिदले सहजै बचाए।

खेलको ८७ औं मिनेटमा दुवै टिमका खेलाडीबीच विवाद र हात हालाहाल भयो। रेफ्री प्रज्वल क्षेत्रीले धनगढीका रणदीप पौडेललाई पहेंलो कार्ड दिए। यो उनको दोहोरो पहेंलोनकार्ड थियो। यता काठमाडौंका भिनमसेन्टले भने सीधै रातो कार्ड पाए्। दुवै टिम १० जनाम समेटियो। कठिन यात्राम रहेको काठमाडौंलाई भिनसेन्टको रातो कार्ड महङ्गो साबित हुन सक्छ।

दोस्रो हाफमा दुवै टिमबाट थप गोल नहुँदा धनगढी ३(१ को सहज जित निकाल्न सफल भयो। अपराजित धनगढीले यो दोस्रो जित हो। चार खेलबाट उसले ८ अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको हो।

पाँच खेलमा काठमाडौंको यो दोस्रो हार हो। एक जित र दुई बराबरीमा उसँग मात्र ५ अंक रहेको छ। काठमाडौले लिग चरणको अन्तिम खेलमा चितवन एफसीसँग खेल्नेछ। प्ले अफ संभावनालाई कायमै राख्न सो खेल जितेर मात्र काठमाडौंलाई प्रयाप्त हूुँदैन। अन्य टिमको नतिजा समेत कुर्नुपर्नेछ।

Sharing

प्रतिक्रिया दिनुहोस