• २०८३ बैशाख ४ गते शुक्रवार

बाग्मती प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीमा कृषि मन्त्री प्रकाश श्रेष्ठ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंश लामा तामाङले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपक्षि विकासमन्त्री प्रकाश श्रेष्ठलाई दिएका छन् । छिमेकी देश दुबई भ्रमणमा जान लागेका मुख्यमन्त्री तामाङले आफू नफर्किँदासम्मको लागि मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री लामाको सिफारिसअनुसार मन्त्री श्रेष्ठलाई माघ ३० गतेदेखि मुख्यमन्त्री  नआउञ्जेलसम्मका लागि कार्यवाहक मुख्यमन्त्री तोक्ने निर्णय गरेका हुन्। मुख्यमन्त्री लामा यूएईमा आयोजना हुने ‘वल्ड गभरर्मेन्ट समिट– २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय विकास र सुशासनसम्बन्धी विभिन्न विषयमा छलफल गर्न जाँदैछन्।

Sharing

प्रतिक्रिया दिनुहोस