• २०८३ बैशाख ८ गते मङ्गलवार

बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्वस्थ, अस्पताल भर्ना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४ , काठमाडौं । बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्वस्थ भएका छन् ।

८९ बर्षिय धर्मेन्द्रको स्वास्थ्यमा समस्या आएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

दैनिक भास्करले धर्मेन्द्रलाई स्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटर सपोर्टमा राखिएको उल्लेख गरेको छ । उनी उमेरसँगै हुने जटिलताबाट पीडित छन् । अभिनेता धर्मेन्द्र बलिवुडमा ६० र ७० को दशकका सुपरस्टार अभिनेता हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस