• २०८३ असार ७ गते आइतवार

मलेसियाको इन्टर स्टेट टी-२० च्याम्पियनसिपमा नेपालका ६ महिला क्रिकेटर खेल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, काठमाडौं । नेपाली ६ महिला क्रिकेटरले मलेसियामा एमसीए वुमन इन्टर स्टेट टी-२० च्याम्पियनसिप खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियन क्रिकेट एसोसियसनले आयोजना गर्ने यस प्रतियोगितामा नेपालका सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पुजा महतो र कविता कुँवर खेल्न लागेको जानकारी दिएको छ ।

क्यानका अनुसार सीता, कविता जोशी, राजमती सेलांगर क्रिकेट एसोसियसनबाट खेल्दैछन् भने रुबिना, पुजा र कविता कुँवर सारावाक क्रिकेट एसोसियसनबाट खेल्ने भएकाछन् ।

प्रतियोगिता अक्टोबर १८ देखि २८ सम्म मलेसियाको क्वालालम्पुरमा हुने क्यानले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस