• २०८३ बैशाख ८ गते मङ्गलवार

राष्ट्रपतिसमक्ष बालेनको प्रस्ताव – अन्तरिम सरकार गठन गर्न अविलम्ब संसद् विघटन गर्नुहोला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अविलम्ब संसद् विघटनको प्रस्ताव गरेका छन् । बुधबार साँझ फेसबुकमा लेखेका बालेनले देश इतिहासमै फरक परिस्थितिमा रहेकाले जेनजीहरूले ल्याएको क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकार गठन र संसद्को विघटन प्रस्ताव गरेका हुन् ।

उनले लेखेका छन् :
प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,
अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।
यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।
यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।
तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।
अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।
सम्माननिय रास्ट्रपति ज्यु ,
Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

Sharing

प्रतिक्रिया दिनुहोस