• २०८३ बैशाख १७ गते बिहिवार

एथलेटिक क्लबविरुद्ध आर्सनलको सहज जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौं ।  आर्सनले  स्पेनको एथलेटिक क्लब बिल्वाओविरुद्ध ३–० को सहज जित निकालेको छ । इङ्लिस क्लब आर्सनले प्रि–सिजन मैत्रीपूर्ण खेल (इमिरेट्स कप) बिल्वाओबिरूद्द ३–०को सहज जीत निकालेको हो ।

इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन भिक्टर ग्योकेरेस, बुकायो साका र काइ हाभर्टेजले गोल गरेर योगदान गरेका थिए । जसअनुसार  पहिलो हाफको ३४औं मिनेटमा ग्योकेरेसको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो भने त्यसको दुई मिनेटपछि नै साकाले टोलीको लागि दोस्रो गोल गरिदिए ।उता, दोस्रो हाफमा हाभर्टेजले ८२ औं मिनेटमा गोल गर्दा आर्सनलले ३–० को सहज जित दर्ता गर्न सफल भयो ।

यससँगै आर्सनलले प्रि–सिजन टुरको अन्त्य गरेको छ । प्रि–सिजनमा आर्सनलले पाँच खेल खेल्दा यसअघि तीन जित र एक हारको नतिजा निकालेको थियो ।अब आर्सनलले अगस्ट १७ मा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दै प्रिमियर लिगको सुरुआत गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस