• २०८३ जेष्ठ २९ गते शुक्रवार

खिमराज गिरीको कविता “बिर्सेका त छैनन् तिमीलाई ?”

खिमराज गिरी पढ्न लाग्ने समय : २ मिनेट

हिमाल, पहाड र तराईका वस्ती बस्तीहरुमा
पर्खिबसेका थियौं तिमीलाई,
कैयौं बसन्त र शिशिर ऋतुहरु
गुज्रीसक्दा पनि देख्न सकेनौं तिमीलाई,
सामन्ती कुसंस्कार र कुरितीको पर्खाल तोडन,
गाह्रै भयो होला तिमीलाई,
अव त तिमी हिडने बाटाका काँडाहरु सवै
पन्छिसेकका छन् भने पनि,
अनि सामन्ती र कु—संस्कारका खाडलहरु
सवै पुरिइसकेका छन् भने पनि,
त्यसैले त कयौं वर्षसम्म संघर्ष गर्नुपर्यो,
तिमी आउने बाटाहरु बनाउनलाई,
अनि लोकतन्त्रको दरीलो हाँगाहरु समाउनलाई,
कयौं वर्षसम्मको निरंकुश दबाउनलाई,
अव त सजिलो हुन्छ होला यी बाटाहरु पार गर्न,
भन्नेले जे कुरा भने पनि,
गर्नेले जे कुरा गरेपनि,
निर्भिग्न र निडर भएर आयौ तिमी,
तर, जनताको नजरमा राम्रो भए पनि,
विदेशीको नजर र इशाराले चल्न खोज्दा
कतै विर्सेका त होइनन् तिमीलाई, ?
अनि नीति र नियम भन्दा पनि नेताको हैकम चल्दा,
कतै अल्मलिनु परेको त होइन तिमीलाई ?
भ्रमको भूमरीमा नाच्ने र नचाउनेले गर्दा,
कतै बाटामा काँडाले त कोरेन तिमीलाई ?
तै पनि गणतन्त्र, जनताको सामुमा निडर भएर आयौ
जनताको सुख दःखमा साथ दिने कसम पनि खायौ,
तर बेला बेलामा आएको आँधीहुरीले गर्दा,
पक्कै पनि तिमी विरामी पो भयौ कि ?
चाकरी र चाप्लुसीको धमिलो सागरमा रम्न खोजिँदा,
कतै अनकन्टार जंगलतिर लुक्न पो गयौ कि ?
तर अभैm आशा छ गरीवका वस्ती वस्तीहरुमा पुग्ने छौ
अनि उजाड मरुभूमी हरियाली बनाउने छौ,
भष्टचार र दुराचारको निरुपण गर्नेछौ,
प्राकृतिक वस्तुहरुको सदुपयोग गर्नेछौ,
जनताको लागि छाना, नाना र मानाको वन्दोवस्ती गर्नेछौ !
तर, डर र त्रासको भूमरीले खण्डित पारेको यो मनलाई
अभैm पनि झसङ भएर सोच्न बाध्य तुल्याउँछ,
कतै विर्सेका त छैनन् तिमिलाई ? विर्सेका त छैनन् तिमिलाई ?

Sharing

प्रतिक्रिया दिनुहोस