• २०८३ जेष्ठ ५ गते मङ्गलवार

टी-२० अन्तर्राष्ट्रिय सिरिज : कुवेतविरुद्ध नेपालले बलिङ गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेर बलिङ गरेको छ। हङकङको मङकङस्थित मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहित पौडेलले कुवेतविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्।

बुधबार नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो।

नेपालको प्लेङ ११:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, बसिर अहमद, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव र ललित राजबंशी

Sharing

प्रतिक्रिया दिनुहोस