• २०८३ जेष्ठ २९ गते शुक्रवार

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, काठमाडौं । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाँ रोगले पीडित दाहालको आज दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिनुभयो ।

पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुनुभएको थियो । श्रेष्ठलाई हराएपछि उहाँ चर्चामा आउनुभएको थियो । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित हुनुभएको थियो ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस