• २०८३ बैशाख १४ गते सोमवार

अनुष्का सिलवालको ‘द बर्डन अफ ब्रेथ’ कविता सङ्ग्रह लोकार्पण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
कात्तिक २३ , काठमाडौँ। अनुष्का सिलवालद्वारा लिखित कविता सङ्ग्रह ‘द बर्डन अफ ब्रेथ’ को लोकार्पण भएको छ । कृतिको प्राध्यापक गोविन्द भट्टराई, माधवलाल महर्जन र अनुष्का सिलवालले संयुक्त रुपमा लोकार्पण गर्नुभयो ।
मण्डला बुक प्वाइन्टले प्रकाशन गरेको उक्त कविता सङ्ग्रह २४ वर्षीया सिलवालको पहिलो कृति हो । मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनले साहित्यप्रतिको  लगाव देखेकै कारण आफूले सिलवालको कविता सङ्ग्रह प्रकाशन गरिएको बताउनुभयो ।
त्यस अवसरमा सह–प्राध्यपक महेश पौडेल, सुजना घिमिरे, प्रा गोविन्द भट्टराई र गौरी प्रधानले पुस्तकमाथि आलोचनात्मक समीक्षा गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस