मंसिर २६, मोरर्ङ । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका-२ मा गाडी र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २० च २१६२ नम्बरको स्कोरपिओमा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ९९४२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अन्सार आइतबार बिहान ९:४५ बजेतिर भएको दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–६ का ३४ वर्षीय शंकर पोखरेलको मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको हो । प्रहरीले स्कोरपिओ र चालक सप्तरीको फत्तेपुर–१ का २७ वर्षीय रोशन विकलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।