• २०८३ जेष्ठ २८ गते बिहिवार

नेपाल र भियतनाम पहिलो हाफमा बराबरीमा, लाकेन लिम्बुले पाए रातो कार्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं । नेपाल र भियतनामबीचको खेल पहिलो हाफमा बराबरीमा सकिएको छ । एएफसी एशियन कप छनौट अन्तर्गतको जारी खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको हो ।

खेलको नवौ मिनेटमा भियतनामले टिएन लिन्हको गोलमा अग्रता लिएकोमा खेलको १७औं मिनेटमा नेपालका सनिस श्रेष्ठले गोल गर्दै खेल बराबरी गरेका थिए ।

खेलको पहिलो हाफको इन्जुरी समयमा नेपालका लाकेन लिम्बुले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस