• २०८३ जेष्ठ १९ गते मङ्गलवार

सिरहामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी जिल्लाका चारवटा नगरपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी आदेशअनुसार, मिरचैया, गोलबजार, लहान र सिरहा नगरपालिकाका तोकिएका सीमाभित्र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन वा सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यो आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले जनाएको छ।

कर्फ्युको अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरू, जस्तै एम्बुलेन्स, दमकल, शववहान, र स्वास्थ्यकर्मीका गाडीहरूलाई भने आवतजावतमा छुट दिइएको छ। साथै, सञ्चारकर्मी, पर्यटक, मानव अधिकारकर्मी र कूटनीतिक नियोगका सवारी साधनहरूलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने विज्ञप्तिमा उल्लेख छ।

Sharing

प्रतिक्रिया दिनुहोस