• २०८३ बैशाख २६ गते शनिवार

रौतहटमा कर्फ्यु, गोली प्रहार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, रौतहट। देशभर फैलिँदै गएको जेनरेशन जेनजी आन्दोलन रौतहटमा समेत उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले गौर र चन्द्रनिगाहपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम मंगलबार सिडियो विनोकुमार खड्काद्वारा हस्ताक्षरित आदेशअनुसार गौरमा दिउँसो १२ बजेदेखि र चन्द्रनिगाहपुरमा बिहान ११:३० बजेदेखि कर्फ्यु लागू गरिएको हो।

गौरमा विपी चोकदेखि बसपार्क, बरहवा पुल पारी हुँदै टिकुलिया गाउँसम्म र चन्द्रनिगाहपुरमा गौर–चपुर चोकदेखि गैडाटार जाने बाटोको पानी ट्यांकी भ्यू टावर, चाँदी खोलाको पुल पारी, घोडीदेवी मन्दिर र जिल्ला ट्राफिक कार्यालयसम्मको परिधि कर्फ्यु क्षेत्र तोकिएको छ।

कर्फ्यु अवधिभर एम्बुलेन्स, दमकल, शवबाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी, पर्यटक सवारीसाधन तथा कूटनीतिक नियोगका गाडीलाई सुरक्षाकर्मीको सहजीकरणमा निर्वाध आवागमन गर्न दिइने प्रशासनले स्पष्ट पारेको छ।

यसअघि सोमबार देशभर भएको विरोध प्रदर्शनमा सरकारी दमनका कारण १९ जनाभन्दा बढीको मृत्यु भएपछि मंगलवार गौर, चन्द्रनिगाहपुर, गरुडा र कटहरिया लगायतका स्थानमा युवाहरू सडकमा उत्रिएका थिए। सदरमुकाम गौरको विपी चोकमा टायर बाल्दै प्रदर्शन हुँदा प्रहरीसँग झडप भएको थियो । प्रदर्शनकारीले चन्द्रनिाहपुर स्थित प्रहरीको गाडीसमेत जलाएका छन्। चन्द्रनिगाहपुरमा मंगलबार पुनः झडप चर्किँदा प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर गरेको र गोलीसमेत प्रहार गरेको छ।

rautahat

Sharing

प्रतिक्रिया दिनुहोस