भदौ २४, काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित निजी निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका–९, भरमपुरीमा रहेको महासेठको घरमाथि मंगलबार प्रदर्शनकारीहरूले आक्रमण गरेका हुन्। घटनामा घरको भौतिक संरचनामा केही क्षति पुगेको जनाइएको छ।

जेनजी आन्दोलनको दोस्रो दिन राजनीतिक दलका शीर्ष नेताहरूका निजी निवासहरू र सरकारी कार्यालयहरू प्रदर्शनकारीहरूको निशानामा परिरहेका छन्।
यसअघि काठमाडौंको खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा पनि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए।