साउन २३, काठमाडौं । निर्देशक निशान बानियाले तिजको अवसर पारेर महाराजाको गित सार्वजनिक गरेका छन । चर्चित नेपाली गायिका समिक्षा अधिकारीको स्वर रहेको तीजको गितमा विवनका अनुभव र पिडालाई समेटिएको छ।

कुशल विश्वकर्माको शब्द र संगित रहेको गीतको एरेन्ज भने पुर्ण संयोगको रहेको छ । म्युजिक भिडियोमा स्मारिका ढकाल, शिसीर पौडेल र सुजन कार्कीले अभिनय गरेका छन् ।
भिडियोलाई निशान बानियाले निर्देशन र कोरियोग्राफी राजाराम सिम्खडा गरेका छन् । सुरेश श्रेष्ठको छायांकन र पदम सुवेदीको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ । गितलाई पानस म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।