चैत २९, बाग्लुङ । बाग्लुङ नगरपालिका–१३ गलुवामा चट्याङले लागेर २६ वर्षीय शङ्कर रिजालको मृत्युु भएको छ । आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
चट्याङबाट गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको हो । चट्याङले लागेर उनसँगै २० वर्षीय रेश्मी भट्ट घाइते भएकी छिन् । रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङले लागेर मरेको छ ।