• २०८३ बैशाख ३० गते बुधवार

त्रिविकाे उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दीपक अर्याललाई नियुक्त गर्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिश समितिले यही असार २३ गते प्रधानमन्त्री एवम् कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिश गरेको थियो । समितिले वर्णानुक्रम अनुसार अहिलेका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्याललाई सिफारिश गरेको थियो ।

उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले दिनुभएको राजीनामा गएको चैत २८ गते स्वीकृत भएपछि चैत ३१ गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस