• २०८३ जेष्ठ ९ गते शनिवार

अभिनाश विक्रम शाहद्वारा निर्देशित फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले कान्समा जित्यो जुरी अवार्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ । अभिनाश विक्रम शाहद्वारा निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले ७९औँ कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत जुरी पुरस्कार जितेको छ ।

यो उपलब्धि केवल एउटा चलचित्रको सफलता मात्र नभई नेपाली चलचित्र उद्योगकै लागि ऐतिहासिक क्षणका रूपमा हेरिएको छ ।

यसअघि नै उक्त चलचित्र प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुने पहिलो नेपाली पूर्णलम्बाइ चलचित्र बनेको थियो । अब यसले सोही विधाको महत्वपूर्ण सम्मानसमेत जित्न सफल भएको हो ।

चलचित्रमा नेपालको जंगल आसपास बसोबास गर्ने किन्नर समुदायको कथा प्रस्तुत गरिएको छ । यसले प्रेम, जिम्मेवारी, पहिचान र अस्तित्वको संघर्षलाई गहिराइ र मानवीय संवेदनासहित चित्रण गरेको बताइएको छ ।

कान्सको विश्वमञ्चमा नेपाली टोलीको उपस्थितिदेखि चलचित्र प्रदर्शन र अन्तर्राष्ट्रिय सम्मानसम्मको यात्राले नेपाली चलचित्र क्षेत्रलाई गौरवान्वित बनाएको छ ।

फिल्ममा मुख्य कलाकारहरू पुष्प थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, चयन अधिकारीलगायतको अभिनय रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस