• २०८३ मङ्सिर ६ गते शनिवार

आइपिएल : गुजरात टाइटन्सविरुद्धको खेलमा राजस्थान रोयल्सले टस जित्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सविरुद्धको खेलमा राजस्थान रोयल्सले टस जितेको छ। टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ।

गुजरात चौथो र राजस्थान तेस्रो जित निकाल्ने दाउमा आज मैदानमा उत्रनेछन्। गुजरात टाइटन्स अहिले अंक तालिकाको दोस्रो स्थानमा छ।

उसले ४ खेलबाट ३ जित सहित ६ अंक बनाएको छ।उसको जितमा उनीहरूको शीर्ष तीन ब्याटर शुभमन गिल, साई सुदर्शन र जोस बटलरको प्रदर्शन गर्दै उत्कृष्ट रहेको छ।

गुजरात टाइटन्सका कागिसो रबाडा व्यक्तिगत कारणले घर फर्केकाले उनको सट्टा इशान्त शर्माले मौका पाउनेछन्।

राजस्थान रोयल्सले अघिल्लो खेलमा कप्तान सामसनको पुनरागमन र जैसवालको लयमा फर्किएको प्रदर्शनसँगै राम्रो तालमेल देखिएको छ। राजस्थानले ४ खेलमा २ जित र २ हार बेहोरेको छ। उसँग ४ अंक रहेको छ।

यी दुई बीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। ५ पटक गुजरातले र १ पटक राजस्थानले खेल जितेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस