• २०८३ बैशाख ९ गते बुधवार

मछिन्द्रलाई हराउँदै थ्री स्टार ‘पोखरा गोल्डकप’ को सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौं । मछिन्द्र क्लबलाई हराउँदै थ्री स्टार क्लब पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा थ्री स्टारले मछिन्द्रलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थप भएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।

प्रतियाेगिताकाे तेस्राे क्वाटरफाइनलमा भाेलि त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । यसअघि हिजाे भएकाे पहिलाे क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज एफसीलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेकाे छ ।

२४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस