• २०८३ बैशाख ८ गते मङ्गलवार

मेक्सिकोमा बस र ट्रक ठोक्किँदा ४१ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौं । मेक्सिकोमा बस र ट्रक ठोक्किदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । दुर्घटनामा बसमा रहेका ३८ जना यात्रु, दुई जना चालक र ट्रकका चालक गरी ४१ जनाको मृत्यु भएको समाचारसंस्था रोयटर्सले जनाएको छ ।

बिहान बस र ट्रक आपसमा ठोक्किएपछि बसमा आगलागी भएको थियो । बस पूर्णरुपमा जलेको छ । बसमा ४८ जना रहेकामा अरूको अवस्थाबारे खोजी भइरहेको छ ।

बस सञ्चालक टुरस् आकोस्टाले बस कानकुनबाट टाबास्को गइरहेको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस