• २०८३ जेष्ठ १ गते शुक्रवार

मदन भण्डारी गोल्डकपको उपाधि आर्मीलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २५, बुटवल । त्रिभुवन आर्मी क्लब बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बिहीवार ३–२ को सेटमा पराजित गर्दै आर्मी उपाधि जितेको हो ।

आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ ले हराएको थियो। पुलिसले पहिलो सेट सजिलै जितेको थियो । रविन चन्द, पहल गहतराज र रविन नगरकोटीकोले आर्मीलाई खुलेर खेल्न दिएनन ।

दोस्रो सेटमा आर्मीले पुनरागमन गर्यो । दुर्गा महतो, धनपति कुवर, धनबहादुर भट्टको उत्कृष्ट प्रदर्शनमा आर्मी १-१ को बराबरी गर्न सफल भएको हो।

पुलिसले तस्रो सेटमा आफ्नो पक्षमा‌ पार्यो । अर्को सेट जित्दा पुलिसले उपाधि पक्का हुने थियो । तर आर्मीले चौथो सेट आफ्नो पक्षमा‌ पार्दै खेललाई निर्णायक सेटमा पुर्यायो ।

निर्णायक सेटमा पुलिसले सुरुवातबाट लगातार अंक गुमायो । आर्मीले पुलिसका रविन, पहल र रविनको हरेक सर्टलाई ब्लक गर्न सफल भयो । त्यो सेट आर्मीले सजिलै निकाल्यो ।

प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तेस्रो भयो । भारतको गुराजत भलिबल एसोसिएसन नखेलेपछि मणिमुकुन्दलाई तेस्रो घोषित भयो । आर्मीले ट्रफीसहित ७ लाख, पुलिसले ३ लाख ५० हजार, मणिमुकुन्दले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गर्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस