• २०८३ बैशाख ११ गते शुक्रवार

जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न समिति गठन गर्ने सरकारको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनमा घटेका घण्टाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

तत्काल छानबिन समिति गठन गरेर सत्यतथ्य छानबिन गर्ने निर्णय गरिएको छ । जेनजी पुस्ताको आन्दोलनमा अहिलेसम्म काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस