• २०८३ असार १६ गते मङ्गलवार

जेनजी आन्दोलन: इटहरीमा गोली लागेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते युवाको घटनास्थलमै मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका कार्यालय अगाडि दिउँसोदेखिको प्रदर्शन नियन्त्रणमा नआएपछि साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लगाइएको छ ।

त्यसपछि पनि प्रदर्शन नरोकिएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको हो । गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस