• २०८३ बैशाख ६ गते आइतवार

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, धादिङ। धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो ।

पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस