असार २४, काठमाडौं । भाषा आयोगका लोगो निर्माता चित्रकार निपूर्ण बज्राचार्यको असामयिक निधनप्रति आयोगले गहिरो दुःख व्यक्त गरेको छ । बज्राचार्यको २९ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
काठमाडौँ वडा नं २५ निवासी दिवङ्गत बज्राचार्य गोरखापत्र संस्थानका पूर्वचित्र कलाकार पूर्णरत्न बज्राचार्य दम्पतीका एक्लो सुपुत्र हुनुहुन्थ्यो ।