• २०८३ जेष्ठ १७ गते आइतवार

स्कटल्याण्डले टस जितेर ब्याटिङमा, नेपाल फिल्डिङमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २५, काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा आइतबार नेपाल फिल्डिङमा जाने भएको छ । स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेपछि डन्डीको फोर्टहिलमा पहिला ब्याटिङ गर्ने भएको हो ।

आइसिसी विश्वकप लिग-२ का लागि हुने तेस्रो खेलमा नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ वजे, डुन्डी स्कटल्याण्डको मैदानमा सुरू भएकाे छ ।

गत बुधवार स्कटल्याण्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो भने सो अघिको पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेर नेपालले आफुलाई बलियो टिमको रूपमा प्रस्तुत गरेको थियो । आज पुनः नेपाल स्कटल्याण्डसँग भिडन लागेको हो ।

नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।

नेपाली टोली
रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तानं), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी

Sharing

प्रतिक्रिया दिनुहोस