चैत २६, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा टस जितेको छ। इडन गार्डेन्समा कोलकाताले टस जितेर फिल्डिङ रोजेको छ। यो जारी आइपिएलको २१ औं खेल हो ।

यसअघिको खेलमा कोलकाताले सनराइजर्स हैदराबाद र लखनउले मुम्बई इन्डियन्सलाई हराएको थियो। दुवै टोली लगातार दोस्रो जितको प्रयासमा हुनेछन्। कोलकाताको प्रदर्शन अहिलेसम्म स्थिर देखिएको छैन। टोलीको कुनै पनि ब्याट्सम्यानले निरन्तर राम्रो प्रदर्शन गर्न सकेका छैनन् । लखनउका मिशेल मार्श र निकोलस पूरण मात्र लयमा देखिएका छन्। यद्दपी पछिल्लो खेलमा एडन मार्करामले उत्कृष्ट अर्धशतक प्रहार गरे ।
४ खेलमा समान २ जित र २ हार बेहोरेको समान ४ अंक जोड्दै कोलकाता तालिकाको पाँचौं र लखनउ छैंटौंमा छ।