• २०८३ जेष्ठ २४ गते आइतवार

आइपिएल : आज २ खेल हुदैं

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २६, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दुई खेल हुनेछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइ मटस्बीच हुनेछ। यो जारी आइपिएलको २१ औं खेल हो ।

कोलकाताको इडन गार्डेन्समा खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। यसअघिको खेलमा कोलकाताले सनराइजर्स हैदराबाद र लखनउले मुम्बई इन्डियन्सलाई हराएको थियो। दुवै टोली लगातार दोस्रो जितको प्रयासमा हुनेछन्।

कोलकाताको प्रदर्शन अहिलेसम्म स्थिर देखिएको छैन। टोलीको कुनै पनि ब्याट्सम्यानले निरन्तर राम्रो प्रदर्शन गर्न सकेका छैनन् । लखनउका मिशेल मार्श र निकोलस पूरण मात्र लयमा देखिएका छन्। यद्दपी पछिल्लो खेलमा एडन मार्करामले उत्कृष्ट अर्धशतक प्रहार गरे ।

४ खेलमा समान २ जित र २ हार बेहोरेको समान ४ अंक जोड्दै कोलकाता तालिकाको पाँचौं र लखनउ छैंटौंमा छ।

पंजाब र चेन्नई खेल्दै
अर्को खेल पंजाब किंग्स र चेन्नई सुपर किंग्सबीच हुनेछ। पंजाब किंग्सले ३ खेल खेलेमा २ जितेको छ। पंजाबले दुबै अवे खेल जितेको हो । आफ्नो पहिलो घरेलु खेलमा राजस्थान रोयल्ससँग हार बेहोरेको थियो ‌।

सानदार सुरुवात गरे पनि चेन्नईले त्यसपछि लगातार ३ खेलमा हार खेप्नुपरेको छ। ५ पटकको विजेता टोलीले जितको लय समात्न संघर्ष गरिरहेको छ। दुवै टोली पहिलो पटक मुल्लानपुर मैदानमा एकअर्काविरुद्ध खेल्दै छन्।

खेल नेपाली समयअनुसार साँझ ७स्४५ बजे सुरु हुनेछ। ३ खेलमा ४ अंकसहित पंजाब तालिकाको चौथो स्थानमा छ। ४ खेलमा १ खेल जितेको चेन्नई नवौं स्थानमा छ।

Sharing

प्रतिक्रिया दिनुहोस