• २०८३ बैशाख १४ गते सोमवार

आइपिएल : बैंगलुरुले मुम्बई इण्डियन्सलाई १२ रनले हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २६, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले तेस्रो जित निकालेको छ। बैंगलुरुले आज मुम्बई इण्डियन्सलाई १२ रनले हरायो। जितको लागि २ सय २२ रनको चुनौती पाएको मुम्बई २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९ रनमा समेटियो। ओपनरद्वय रोहित शर्मा र रायन रिकेल्टन समान १७ रनमा आउट भए। यी दुई खेलाडी आउट हुँदा मुम्बईले मात्र ३८ रन बनाएको थियो।

त्यसपछि विल ज्याक्स २२ र सूर्य कुमार यादव २८ रनमा पबिलियन फर्किए। चौथो विकेटको नोक्सानीमा मुम्बईले ९९ रन मात्र जोड्यो। पाँचौं विकेटको लागि तिलक वर्मा र कप्तान हार्दिक पाण्ड्याले पाँचौं विकेटको लागि ८९ रनको साझेदारी गरे। तिलकले २९ बलमा ४ चौका र ४ छक्का सहित ५६ रन जोडेर आउट भए। लगतै हार्दिक पनि ४२ रनमा आउट भए। यो सँगै मुम्बई पराजित हुन पुग्यो। बलिङमा क्रुनाल पाण्ड्याले सर्वाधिक ४ तथा यश दयाल र जोश हेजलउडले समान २ विकेट लिए।

त्यसअघि मुम्बईको वानखेडे स्टेडियममा मुम्बईले टस जित्दै फिल्डिङ रोज्यो। रोयल च्यालेन्जर्सले २० ओभरमा ५ विकेट खर्चेर २ सय २१ रन बनायो। ओपनर फिल साल्ट ४ रनमा नै आउट भए।त्यसपछि विराट कोहली र देवदत्त पाडिक्कलले दोस्रो विकेटको लागि ९१ रनको साझेदारी गरे। यो क्रममा कोहली २९ बलमा अर्धशतक बनाए। उनले ६ चौका र २ छक्काको मद्दतमा ५० रन जोडे। पाडिक्कल भने २२ बल खेल्दै ३७ रनमा आउट भए। तेस्रो विकेटको रूपमा कोहली ६७ रनमा आउट भए। उनले ४२ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे। तेस्रो विकेट गुमाउँदा रोयल च्यालेन्जर्सले १बसय ४३ रन बनाएको थियो। लगत्तै लायम लिभिङ्स्टन रनको खाता नखोली आउट भए। त्यसपछि कप्तान रजत पाटिदार र जितेश शर्माले पाँचौं विकेटको लागि ६९ रनको साझेदारी गरे। रजतले सानदार ब्याटिङ गरे। ४ चौका र ३ छक्का प्रहार गर्दै मात्र २५ बलमा अर्धशतक बनाए। ३२ बल खेल्दै ६४ रनको महत्वपूर्ण पारी खेल्दै ट्रेन्ट बाउल्टको बलमा आउट भए। जितेश अविजित ४० रनमा क्रिजमा रहे।

बलिङमा हार्दिक पाण्ड्याले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए। ट्रेन्ट बाउल्टले पनि ४ ओभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिए।

रोयल च्यालेन्जर्स चौथो खेलमा तेस्रो जितका साथ ६ अंक बनाएको छ‌। पाँचौं खेलमा मुम्बईको यो चौथो हार हो। उससँग मात्र २ अंक छ।

Sharing

प्रतिक्रिया दिनुहोस