• २०८३ जेष्ठ २१ गते बिहिवार

कर्णालीले जनकपुर बोल्ट्सलाई दियो १३० रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ ।

यस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन बनाएको थियो ।

कर्णालीका लागि मार्क वाटले सर्बाधिक ३३ रन बनाएका थिए भने गुलशन झाले १९, कप्तान सोमपाल कामीले १८, प्रियांक पंचलले १६ विलियम बोसिस्टोले १५ र नाजिबुल्लाह जद्रानले १३ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर ललित राजबंशी र आदित्य महाताले २-२ विकेट लिएका थिए भने संगीथ कूरे, अनिल शाह र माज सदाकतले एक एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस