• २०८३ बैशाख ३ गते बिहिवार

कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा दुई सदस्य मनोनित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा दुई सदस्यको मनोनयन गरिएको छ ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको विधान बमोजिम केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई सदस्यमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले पुस २७ देखि २९ सम्म महाधिवेशन गर्ने गरि आन्तरिक तयारी तिब्र पारेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस