• २०८३ बैशाख ८ गते मङ्गलवार

एजेस सिरिजमा अस्ट्रेलिया २-० ले अगाडी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं ।   अस्ट्रेलियाले जारी एसेज सिरिजमा इङल्याण्डविरुद्ध २-० को अग्रता हासिल गरेको छ । जारी दोस्रो खेलमा अस्ट्रेलियाले ८ विकेटको जित हासिल गर्दै सिरिजमा २-० को अग्रता हासिल गरेको हो ।

टेस्टको चौथो दिन आइतबार इङल्याण्डले दिएको ६६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि इङल्याण्डले पहिलो इनिंगमा ३३४ र दोस्रो इनिंगमा २४१ रन बनाएको थियो । त्यस्तै अस्ट्रेलियाले पहिलो इनिंगमा ५११ रन बनाएको थियो ।

यो जितपछि ५ खेलको सिरिजमा अस्ट्रेलिया २-० ले अगाडी भएको छ । अस्ट्रेलियाले यसअघि पर्थमा सम्पन्न पहिलो टेस्ट पनि ८ विकेटले जितेको थियो । अब सिरिजको तेस्रो खेल डिसेम्बर १ देखि एडिलेडमा हुने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस