• २०८३ भाद्र ७ गते आइतवार

भियतनाम जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाली टोलीको बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईलगायतले बिदाइ गरेका थिए ।

नेपालले बिहीबार भियतनामसँग उसैको मैदानमा एएफसी एसियन कप छनोटको खेल खेल्दैछ । बिनदुंग रंगशालामा हुने यो नेपालको अवे खेल हो । यस्तै अक्टोबर १४ मा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि भियतनाममै खेल्नेछ । दशरथ रंगशालालाई एएफसीले अयोग्य ठहर गरेपछि दुवै खेल भियतनाममै हुन लागेको हो ।

एएफसी एसियन कप छनोटका लागि नेपालका मुख्य प्रशिक्षक म्याट रसले आइतबार किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका थिए । नेपाली टिममा किरण लिम्बू (कप्तान) अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङ कार्की, कृतिकरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस